मुख्य समाचार

    पूर्वराजा ज्ञानेन्द्र पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न मंगलबार सिंहदरबार जाने

    जगत ठाडा मगर
    २०७८ पुस २६ | मध्यान्ह १२:०९ बजे

      काठमाडौं, पौष २६ । पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार पृथ्वीजयन्तीको अवसरमा सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न जाने भएका छन् ।

      ३ सयौँ पृथ्वीजयन्तीमा शाहको सालिकमा माल्यार्पण गर्न जाने कार्यक्रम रहेको पूर्वराजाका संवाद सचिव फणी पाठकले बताए । ‘मंगलबार १२:३० बजे माल्यार्पण गर्न जाने कार्यक्रम रहेको छ,’ उनले भने ।

      यो दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा भने दिएको छैन ।

        कमेन्टहरु