राजनीति

    एमाले कैलाली नेतृत्वको लागि मतदान सुरु

    जगत ठाडा मगर
    २०७८ पुस २६ | बिहान ०९:०९ बजे

      कैलाली । नेकपा एमाले कैलालीको नेतृत्वको लागि मतदान सुरु भएको छ ।

      अध्यक्ष लगायत पदाधिकारीमा सहमति नभएपछि निर्वाचन हुन लागेको हो । अध्यक्षमा वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्दको उम्मेदवारी छ । उपाध्यक्षमा दुर्गा जोशी र सिताराम बुढाथोकीको उम्मेदवारी परेको छ ।

      सचिवमा दानबहादुर बिक र डेजी पाण्डेको उम्मेदवारी छ । उपसचिबमा मदन ओझा प्रेम चौधरी ममता चौधरी लोकेन्द्र साही र बिनय शाहको उम्मेदवारी परेको छ ।

      सदस्यहरुको केही क्षेत्रमा भने हिजो नै निर्विरोध भइसकेको छ । कैलालीमा ६०६ जना प्रतिनिधिले मतदान गर्नेछन् ।

        कमेन्टहरु