राजनीति

    एमाले धनकुटा अध्यक्षमा इन्द्रमणि पराजुली निर्बाचित

    जगत ठाडा मगर
    २०७८ पुस २५ | मध्यान्ह ०३:०९ बजे

      धनकुटा, पुस २५ । एमाले धनकुटा अध्यक्षमा इन्द्रमणि पराजुली निर्वाचित भएका छन् । शुक्रबार र शनिबार सम्पन्न सातौं जिल्ला अधिवेशनले पराजुलीको नेतृत्वमा ५ पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रूपमा चयन गरेको हो।

      यसैगरी कमिटी उपाध्यक्ष चिन्तन तामाङ, सचिवमा निरन राई र उपसचिवमा शीव आङ्ला र सुष्मा राई चुनिएका छन्।

      आगामी चार वर्ष धनकुटा एमाले हाँक्ने जिम्मेवारी पाएका पराजुली प्रदेश १ का सांसद पनि हुन्। उपाध्यक्ष तामाङ धनकुटा नगरपालिका प्रमुख हुन्। सचिव राई पनि प्रदेश सांसद हुन्।

        कमेन्टहरु