देश

    गत भदौमा हराएका ४२ वर्षीय हिमाल गुरुङको कंकाल सामुदायिक बनमा फेला

    जगत ठाडा मगर
    २०७८ पुस २५ | मध्यान्ह ०१:०९ बजे

      प्युठान, पुस २५ । प्युठानको तिखाचुली सामुदायिक वनमा आज बिहान मानव कंकाल फेला परेको छ ।

      उक्त कंकाल गत भदौ १२ गतेदेखि हराएका गौमुखी गाउँपालिका–५ रजवाराका ४२ वर्षीय हिमाल गुरुङको भएको प्रहरीले जनाएको छ । पाइन्ट, टिसर्ट र चप्पलबाट उनको पहिचान गरिएको प्रहरीको भनाइ छ ।

      घरदेखि अन्दाजी करिब ५ घण्टा पैदल दुरीमा पर्ने वनमा खर काट्न गएको बेला हिमालका २३ वर्षीय छोरा प्रकाशले कंकाल देखेको प्रहरीलाई जानकारी दिएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु