देश

    भोजपुरमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

    जगत ठाडा मगर
    २०७८ पुस २५ | मध्यान्ह १२:०९ बजे

      भोजपुर, पुस २५ । भोजपुरमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ कानेपोखरी गाउँपालिकाका ३४ वर्षीय धन बहादुर बिष्टलाई भोजपुर प्रहरीले पक्राउ गरेको हो ।

      भोजपुर षडानन्द नगरपालिकास्थित खेतमा ती बालिकालाई बिहीबार धनबहादुरले जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

      घटनाको बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु