समाज

    बौधिमाइ नगरपालिका भित्रको सार्वजनिक ठाँउमा दाउरा वितरण

    जगत ठाडा मगर
    २०७८ पुस २३ | मध्यान्ह ०७:०९ बजे

      सिताराम साह
      रौतहट, पौष २३ । रौतहटको बौधिमाइ नगरपालिकाले नगरपालिका भित्रको विभिन्न सार्वजनिक ठाउँमा सर्वसाधारणलाई आगो ताप्नका लागि दाउराको व्यवस्था गरेको छ ।

      केहि दिन देखि बढेको चिसोले नकारात्मक प्रभाव पार्न थालेपछि चिसो छल्न बौधिमाइ नगरपालिकाको नगर प्रमुख राजिव रन्जन यादवले दाउराको व्यवस्थापन गरेको हो ।

      photo 2022 01 07 05 54 56

      मुख्य सडक, चौक सरकारी कार्यालय, लगायतका ठाउँमा आगो ताप्नको लागि दाउराको व्यस्था गरिएको नगर प्रमुख यादवले जानकारी दिएका छन् । बौधिमाइ नगरपालिकामा रहेको सरकारी कार्यालयमा काम गराउन बाहिरबाट आउने सेवाग्राहीलाई न्यानो हुनको लागि ठाउँ ठाउँमा दाउरा व्यवस्थापन गरेपछि सेवाग्राहीहरुलाई जाडो छल्न सहज भएको छ ।

      मोटर साइकल चलाउनेलाई चिसोमा अप्ठयारो हुने भएकोले तिब्र रुपमा सवारी साधन नचलाउने तथा बृद्ध बृद्धा एवं बालबालिकालाई न्यानो लुगा लगाएर राख्न समेत यादवले आग्रह गरेका छन् । बालबालिका, बृद्ध बृद्धाहरुलाई चिसोमा बढी जोखिम रहेकोले सुरक्षित राख्नु पर्ने चिकित्सकहरुको सुझाव रहेको छ ।

      बर्षात पछि निरन्तर रुपमा चलिरहेको हावाको कारण बढेको चिसोले तराईका जनजीवन प्रभावित हुदै गएको छ ।

        कमेन्टहरु