राजनीति

    पाँच दलीय गठबन्धन समन्वय समिति बैठक सकियो

    जगत ठाडा मगर
    २०७८ पुस २३ | मध्यान्ह ०१:०९ बजे

      काठमाडौं, पुस २३ गते । शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धन समन्वय समितिको बैठक सकिएको छ ।

      सरकार सञ्चालन समन्वय समितिको बैठकमा राष्ट्रिय साभ निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउने संयन्त्रलाई प्रभावकारी बनाउने र अवरुद्ध संघीय संसद् बैठक सञ्चालनको विषयमा छलफल भएको छ ।

      प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख निजी सचिव भानु देउवाका अनुसार राष्ट्रिय साभ निर्वाचन र संघीय संसद्को अवरुद्ध बैठक सञ्चालनको विषयमा छलफल भएको हो ।

      बैठकमा प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित सत्ता गठबन्धनका शीर्ष नेता सहभागी हुनुहुन्थ्यो ।

      आगामी माघ १२ गते १९ पदका लागि राष्ट्रिय सभाको निर्वाचन हुँदै छ ।

        कमेन्टहरु