देश

    रक्सौलबाट वीरगंज सिमरा, हेटौडा हुँदै काठमाडौं पुग्ने रेल मार्ग निर्माणका लोकेशन सर्भे शुरु

    जगत ठाडा मगर
    २०७८ पुस २३ | बिहान ०६:०९ बजे

      वीरगंज । भारतको रक्सौलबाट वीरगंज सिमरा, हेटौडा हुँदै काठमाडौं पुग्ने रेल मार्ग निर्माणका लागि फाइनल लोकेशन सर्भे शुरू भएको छ ।

      गत असोज २२ मा नेपाल र भारत सरकारका उच्च अधिकारीबीच भएको समझदारी पत्र एमओयू अनुसार लोकेशन सर्भे शुरू गरिएको हो । सम्झौताअनुसार यो सर्भे १८ महिनाभित्र सम्पन्न गर्नु पर्ने रेल विभागका महानिर्देशक दीपककुमार भट्टराईले बताउनुभयो ।

      विस्तृत सर्भे तथा अध्ययनबाट परियोजनाको विस्तृत रिपोर्ट तयार हुनेछरु। त्यसका आधारमा लगानी गर्ने आधार खोजिने भट्टराईले बताउनु भयो । प्रारम्भिक अध्ययनअनुसार रेलमार्गको दूरी १ सय ३६ किमी हुने भएको छ ।

      रक्सौल देखि वीरगंज स्थित सुक्खा बन्दरगाह हुँदै विस्तार गरिने रेल मार्ग काठमाडौं सम्म पुग्ने छ । प्रारम्भिक अध्ययनअनुसार रेल मार्गको ४२ किलो मिटर क्षेत्रमा शुरूङ मार्ग बनाइने छ ।

      यसको अनुमानित प्रारम्भिक लागत ३ खर्ब रुपियाँँ रहेको छ । डीपीआर तयार भएपछि लागत समेत तलमाथि हुन सक्ने विभागले जनाएको छ ।

        कमेन्टहरु