देश

    कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु

    जगत ठाडा मगर
    २०७८ पुस २२ | बिहान १०:०९ बजे

      काठमाडौं । काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार युवतीको मृत्यु भएको छ । भने, चालक घाइते भएका छन् ।

      स्वयम्भुबाट बल्खुतर्फ आउँदै गरेको प्रदेश ३-०२-०११ प ४६८१ नम्बरको मोटरसाइकल आज बिहान पौने २ बजे अनियन्त्रित भइ सडक डिभाइडरमा ठोक्किएको थियो । सो दुर्घटना परी घाइते भएका धादिङ घर भई काठमाडौंको नैकाप बस्दै आएकी २७ वर्षीया सोफिया श्रेष्ठको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

      घाइते भएका मोटरसाइकल चालक गोरखाका ३१ वर्षीय रामशरण ढकालको सोही अस्पतालमा उपचार भइरहेको छ ।

        कमेन्टहरु