मुख्य समाचार

    राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा बस्नेत नियुक्त

    जगत ठाडा मगर
    २०७८ पुस २१ | मध्यान्ह ०८:०९ बजे

      काठमाडौं, पुस २१ । राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बस्नेतलाई राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा नियुक्त गरेको हो ।

      युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको परिषद्को उपाध्यक्ष नियुक्तिका लागि मन्त्रालयका सचिव डा. दामोदर रेग्मीको नेतृत्वमा ३ सदस्यीय सिफारिस समिति गठन गरिएको थियो ।

      गत पौष १ गते युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले मन्त्रीस्तरीय निर्णयबाट सिफारिस समिति गठन गरी सोही समितिको सिफारिसको आधारमा मन्त्रीपरिषद्को बैठकले बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरेको हो ।

      राष्ट्रिय युवा परिषद् ऐन २०७२ को दफा १५ बमोजिम ४ वर्षे कार्यकालका लागि बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरिएको हो ।

        कमेन्टहरु