देश

    प्रदेश २ अन्तरिक मामिलामन्त्री सवार गाडी दुर्घटना, मन्त्रीसहित चार घाइते

    जगत ठाडा मगर
    २०७८ पुस २१ | मध्यान्ह ०७:०९ बजे

      बिनोद मण्डल
      सिरहा । प्रदेश २ की आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबीकुमारी कर्ण सवार गाडी बुधबार साँझ दुर्घटनामा परेको छ।

      सप्तरीको छिन्नमस्ता गाउँपालिका– १ जोलहनिया पुलनजिकै उनी सवार ज१ झ ४०६ नम्बरको गाडी पल्टिएको हो। गाडीमा मन्त्रीसहित चारजना सवार थिए ।
      चारै जना घाईते भएका छन ।

      छिन्नमस्ता गाउँपालिकाकै बरही वीरपुर जाने क्रममा गाडी पल्टिएको कर्णका स्वकीय सचिव ध्रुवकुमार मण्डलले जानकारी दिए।

      उनका अनुसार दुर्घटनामा मन्त्री कर्णको छाती र हातमा चोट लागेको छ। उनलाई उपचारको लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल लगिएको छ। त्यसैगरी, स्वकीय सचिव मण्डलको पनि हातमा चोट लागेको छ भने गाडीमा सवार जयप्रकाश चौधरी र प्रथम राम पनि समान्य घाइते भएका छन्।

        कमेन्टहरु