देश

    फेसबुक ह्याक गरी रकम ठगी गर्ने एक युबक पक्राउ

    जगत ठाडा मगर
    २०७८ पुस २१ | मध्यान्ह ०२:०९ बजे

      काठमाडौं । विभिन्न व्यक्तिहरूको फेसबुक ह्याक गरी रकम मागी अनलाइन ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीले भक्तपुरको गठ्ठाघर बस्ने मोरङको पथरी शनिश्वरे नगरपालिका–१०, मंगलबारे घर भएका १८ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।

      विभिन्न व्यक्तिहरूका फेसबुक आईडी ह्याक गरी आईडीमा भएका व्यक्तिहरूलाई विभिन्न खातामा पैसा पठाउन लगाई अनलाइन ठगी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

      उनीविरुद्ध ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

        कमेन्टहरु