राजनीति

    राष्ट्रियसभा निर्वाचन : लुम्बिनी प्रदेशमा गठबन्धनबाट शर्मा, गैरे र विश्वकर्माको मनोनयन दर्ता

    जगत ठाडा मगर
    २०७८ पुस २० | मध्यान्ह ०१:०९ बजे

      बुटवल, पुस २० । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनका तीन जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

      गठबन्धनबाट नेपाली कांग्रेस बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राजमोबाट रुपन्देहीका तुलबहादुर विश्वकर्माले मनोनयन दर्ता गराएका हुन् ।

      मनोनयन दर्ताका लागि गठबन्धनका नेता कार्यकर्ताहरू आ-आफ्नो पार्टीको झण्डा बोकेर नाराजुलुससहित निर्वाचन आयोगको कार्यालय पुगेका थिए ।

        कमेन्टहरु