देश

    काठमाडौको विभिन्न स्थानबाट ठूलो मात्रामा लागूऔषधसहित ८ जना पक्राउ

    जगत ठाडा मगर
    २०७८ पुस २० | मध्यान्ह ०१:०९ बजे

      काठमाडौ, पुस २० । प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौको विभिन्न स्थानबाट ठूलो मात्रामा लागूऔषधसहित ८ जनालाई पक्राउ गरेको छ ।

      प्रहरीले उनीहरूको साथबाट करिब पाँच हजार लागूऔषध एम्पुलका क्याप्सुल बरामद गरेको छ । उनीहरूलाई काठमाडौंका विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिइएको हो । उनीहरूलाई मंगलबार २ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने ब्युरोको तयारी रहेको छ ।

      पक्राउ परेका आरोपीहरु यसअघि पनि लागूऔषध मुद्दामा जेल जीवन भुक्तान गरेर छुटेकाहरू रहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु