मनोरन्जन

    द कन्टेन्ट नेपालको बेजोड प्रस्तुति थारु भाषाको “नैनासे नैना मिलके” को छायांकन अन्तिम चरणमा

    जगत ठाडा मगर
    २०७८ पुस १८ | मध्यान्ह ०७:०९ बजे

      बिनोद मण्डल
      नवलपरासी । थारु भाषाको भिडियो गीत नैनासे नैना मिल्के छायांकनको अन्तिम तयारी पूरा भएको छ ।

      आम युवाको चाहनालाई मध्यनजर राख्दै आधुनिक युगमा थारु युवा लगायत नेपाली कला संस्कृतिलाई समेटेर बनाइएको शोर्ट फिल्म भुपेन चौधरीद्धारा निर्देशन गरिएको हो ।

      एक दर्जन बढी कलाकारद्वारा अभिनीत एल्बममा कलाकारहरु भुपेन चौधरी, लोक जी मगर, साजन शाह, अशोक परियार, उषा चौधरी, रुदल चौधरी, अस्मिता चौधरी, नवीन चापागाईं रहेका छन् भने उक्त मुभी बनाउनमा रामजी प्रजापतिको विशेष सहयोग समेत रहेको छ ।

      उक्त मुभीको आउँदो माघ ५ गते रिलिज हुने कुरा आयोजक कमिटीले जनाएको छ ।

        कमेन्टहरु