राजनीति

    कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार बस्दै

    जगत ठाडा मगर
    २०७८ पुस १८ | मध्यान्ह ०२:०९ बजे

      काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो २ बजेका लागि केन्द्रीय समितिको बैठक आह्वान गरेका हुन् ।

      कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टी कार्यालयमा बस्ने गरी बैठकको सूचना सार्वजनिक गरेका छन् । १४ औं महाधिवेशनपछि कांग्रेसको नयाँ कार्यसमितिको दोस्रो बैठक बस्न लागेको हो ।

      नयाँ निर्वाचित पदाधिकारी र सदस्यहरूले कार्यभार सम्हाल्नेबित्तिकै केन्द्रीय समितिको पहिलो बैठक बसेको थियो ।

      photo 2022 01 02 00 56 25

        कमेन्टहरु