राजनीति

    माओवादी महाधिवेशन : प्रचण्डले २९९ केन्द्रीय सदस्यको नाम घोषणा गर्दै

    जगत ठाडा मगर
    २०७८ पुस १८ | मध्यान्ह ०२:०९ बजे

      काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले २९९ सदस्यीय केन्द्रीय कमिटी सदस्य टुङ्ग्याएको छ । बन्दसत्र सुरु हुनुअघि बसेको पार्टीको स्थायी कमिटी बैठकमा माओवादी अध्यक्ष प्रचण्डले प्रदेशबाट आएका सिफारिसका आधारमा २९९ सदस्यीय केन्द्रीय कमिटी सदस्यको नाम टुङ्गिएका जानकारी दिएका हुन् ।

      बैठकपछि स्थायी कमिटी सदस्य गणेश शाहले अब सुरु हुने बन्दसत्रमा अध्यक्ष प्रचण्डले नाम पढेर प्रस्ताव गर्ने जानकारी दिए । बन्दसत्रले केन्द्रीय कमिटी सदस्यहरुको नाम अनुमोदन गरेलगत्तै केन्द्रीय कमिटी बैठक बसेर १५ सदस्यीय पदाधिकारी चयन गर्ने शाहले बताएका छन् ।

      गत आइतबारबाट सुरु भएको माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनले प्रचण्डको राजनीतिक तथा वैचारिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव सुझावसहित पारित गरेको छ । आजै नयाँ नेतृत्व चयन गरेर महाधिवेशन आज नै समापन गर्ने माओवादीको तयारी छ ।

        कमेन्टहरु