देश

    प्रतिनिधि सभाको बैठक स्थगित

    जगत ठाडा मगर
    २०७८ पुस १८ | बिहान ०९:०९ बजे

      काठमाडौ । आइतबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।

      स्रोतका अनुसार सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेकाले प्रतिनिधि सभा बैठक स्थगित गरिएको हो ।

      आजको प्रतिनिधि सभा बैठक अघि बस्ने भनिएको कार्यव्यवस्था समितिको बैठक पनि स्थगित भएको स्रोतले जनाएको छ । अब अर्को बैठक आगामी पुस २२ गते बस्ने भएको छ ।

        कमेन्टहरु