पर्यटन

    निजि बायुसेवा कम्पनी गुण एयरलाइन्सले काठमाडौ – सुर्खेत उडान भर्दै

    जगत ठाडा मगर
    २०७८ पुस १७ | मध्यान्ह १२:०९ बजे

      बुटवल । निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतबारदेखि काठमाडौँ–सुर्खेत व्यावसायिक उडान सुरू गर्न लागेको छ । सन् २०२२ को सुुरूआतमै यो कम्पनीले थप गन्तव्यका रूपमा सुर्खेत उडान गर्न लागेको हो ।

      हाल बुद्ध एयरलाइन्सले मात्र काठमाडौँ–सुर्खेत रुटमा उडान गर्दै आएको छ । गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्ज्वल थापाले आइतबार (पुस १८ गते) देखि १८ सिटे जहाजबाट उडान सुरुआत गर्न लागेको जानकारी दिए ।

      काठमाडौँ–सुर्खेत उडानका लागि भाडादर तोकिसकेको छ । अनलाइन टिकटमा काठमाडौैँ–सुर्खेतका लागि रु आठ हजार ५४५, नौ हजार ५४५ र ११ हजार ४२० भाडादर तोकेको उक्त एयरलाइन्सले दैनिक बिहान ८ः३० बजे काठमाडौँबाट र सुर्खेतबाट ९ः५० बजे उडान भर्ने जनाएको छ ।

      प्रवक्ता थापाले यही पुस २६ गतेदेखि भने दिउँसो २ः३० बजे काठमाडौँबाट र सुर्खेतबाट ३ः५० बजे उडान गर्ने बताए । बुद्ध एयरले भने दैनिक बिहान ७ः२० बजे काठमाडौँबाट उडान भर्दै आएको छ ।

        कमेन्टहरु