मुख्य समाचार

    लमजुङमा भूकम्पको धक्का

    जगत ठाडा मगर
    २०७८ पुस १७ | मध्यान्ह १२:०९ बजे

      लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा भूकम्प गएको छ ।

      आज बिहान १० बजेर १३ मिनेट जाँदा जिल्लाको दोर्दी गाउँपालिका–८ बन्सारलाई केन्द्रबिन्दु बनाएर दुई दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

      जिल्लाको विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भए पनि कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ । जिल्लामा गत जेठ ५ गतेयता महिनै पिच्छे भूकम्पको धक्का महसुस हुँदै आएको छ । रासस

        कमेन्टहरु