देश

    धरानमा सम्पन्न एमएनओ–डा.गोपाल गुरुङ सर्बोच्च सभाले संघिय बैठक बोलायो

    kushal
    २०७७ मंसिर २३ | बिहान ०९:०८ बजे

      जगत ठाडा मगर
      धरान । मंसिर २२ गते धरानमा बसेको सर्बोच्च सभाको बैठकले मंगोल नेशनल अर्गनाइजेशन -डा: गोपाल गुरुङ संगठनको संघिय सभाका बैठक बोलाउने निर्णय गरेको छ ।

      सोमबार धरानमा भएको सर्बोच्च सभा बैठकले लामो समय कोरोना महामारीको कारण बस्न नसकेको संघीय बैठक माघमा बोलाउने भएको छ । प्रदेश नम्बर एकको सुन्दरनगरी शहर धरानस्थित होटल सन्ध्यामा सर्वोच्च सभाको बैठक सम्पन्न गरेको छ ।

      संगठन संयोजक बीरलाल राईको अध्यक्षतामा भएको बैठकले आगामी माघ १५ देखि १७ सम्म संघीय सभाको बैठक बस्ने निर्णय भएको संगठनका प्रवक्ता तुलबीर दर्लामीले नवलपुर टुडेलाई जानकारी दिएको छ ।

      उक्त वैठकले पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल गरेको छ । बैठकले नयाँ योजना संघीय सभाको वैठकबाट निर्णय हुने जानकारी प्राप्त भएको छ । यद्यपि संघिय सभाको बैठक कहाँ बस्ने भनी निर्णय भएको छैन ।

        कमेन्टहरु