देश

    वन्यजन्तुको छालासहित पक्राउ

    जगत ठाडा मगर
    २०७८ पुस १५ | मध्यान्ह ०८:०९ बजे

      बुटवल । दुर्लभ वन्यजन्तु रेडपाण्डाको चार थान छालासहित चार जनालाई काठमाडौँको वसुन्धारास्थित द मयुर क्याफेबाट प्रहरीले पक्राउ गरेका छन ।

      पक्राउ पर्नेमा काठमाडौँ गोङ्गबु बस्ने धादिङ गङ्गा–जमुना गाउँपालिका–७ का ३९ वर्षीय नीरबहादुर घले, काठमाडौँ कलङ्की बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढीका २५ वर्षीय सुरेश गिरी, काठमाडौँ टोखा बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–४ का ३१ वर्षीय कृष्णबहादुर तामाङ र काठमाडौँ स्वयम्भू बस्ने ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–२ का २९ वर्षीय मोहनकर्ण कार्की रहेका छन् ।

      पक्राउ पर्ने चार जनामाथी थप अनुसन्धानको गरिरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु