देश

    चर्चित र्‍यापर लाउरे पोखरामा पक्राउ

    जगत ठाडा मगर
    २०७८ पुस १५ | मध्यान्ह १२:०९ बजे

      काठमाडौं, पुस १५ । चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ पोखरामा पक्राउ परेका छन् ।

      लागूऔषध सेवनको अभियोगमा कास्की प्रहरीले उनलाई पक्राउ गरेको हो । कास्की प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार लाउरे लागू औषध ब्राउनसुगर सेवन गरेको भेटिएको थियो । उनीबाट लागूऔषध बरामद भने भएको छैन । पोखराको न्यूरोडबाट लाहुरेसहित ४ जना पक्राउ परेका थिए ।

      उनी चर्चित रियालिटी शो हिमालय रोडिजका निर्णायक समेत हुन् । लागुऔषध नियन्त्रण ऐनअनुसार लाउरेलाई १० हजार रूपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैदको सजाय हुनसक्छ ।

        कमेन्टहरु