देश

    पाँचथरको फालेलुङमा आगलागी हुँदा ५० लाख बराबरको क्षति

    जगत ठाडा मगर
    २०७८ पुस १४ | मध्यान्ह ०२:०९ बजे

      ताप्लेजुङ । पाँचथरको फालेलुङ गाउँपालिका–३ ताङ्लेपामा आगलागी हुँदा तीन घर जलेका छन् । मंगलबार मध्यरातमा पूर्णबहादुर केरुङको भान्साघरबाट सल्किएको आगो केरुङकै अन्य दुई घर फैलिएको थियो ।

      काठ र टिनले बनेको भान्साघरमा लागेको आगो नियन्त्रण गर्न नपाउँदै अन्य घरमा सल्किँदा घरमा भएका सम्पूर्ण मालसामान, लत्ताकपडा, नगद तथा गरगहना जलेको जिल्ला प्रहरी कार्यालय पाँचथर जनाएको छ । आगलागी बिहान १० बजे मात्रै पूर्ण नियन्त्रणमा आएको थियो ।

      आगलागीमा करिब ५० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले बताए । आगलागीको कारण भने खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु