देश

    लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    जगत ठाडा मगर
    २०७८ पुस १४ | बिहान ०७:०९ बजे

      १. होन्डुरसमा पहिलो महिला राष्ट्रपतिका रूपमा निर्वाचित महिला नेत्री को हुनुहुन्छ ?
       सियोमरा क्यास्ट्रो
      – सियोमरा होन्डुरसको लिबर्टी एन्ड रिफाउन्डेसन पार्टीका नेता हुनुहुन्छ ।
      – उहाँको कार्यकाल सन् २०२२ जनवरी २७ देखि सुरु हुने ।
      – उहाँ होन्डुरसका पूर्वराष्ट्रपति म्यानुअल जिलयाको श्रीमती हुनुहुन्छ ।

      २. सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘एसएमएस गेटवे’ सेवाको सुरुवात कहिलेदेखि गरेको हो ?
       वि.सं. २०७८ पुस ७
      – सेवाग्राही र सेवा प्रदायकलाई सूचना प्रविधिसँग जोड्दै सरकारी सेवा प्रदायकले प्रदान गर्ने सेवाबारे समयमै सुसूचित गर्ने उद्देश्यले सरकारले यो सेवा सुरुवात गरेको ।
      – हाल महान्यायाधिवक्ताको कार्यालय, यातायात व्यवस्था विभाग र बागमती प्रदेशअन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयले उक्त सेवा प्रदान गर्ने सम्झौता भएको ।
      – क्रमशः अन्य कार्यालयमा यो सेवा विस्तार
      गरिने भएको ।

      ३. थामी सङ्ग्रहालय कहाँ निर्माण गर्न थालिएको छ ?
       दोलखा
      – थामी जातिको उद्गम थलोका रूपमा मानिएको दोलखाको राङराङथलीमा सो सङ्ग्रहालय निर्माण गर्न थालिएको ।
      – सङ्ग्रहालयसँगै अत्याधुनिक थिएटर, भूमेस्थान, ध्यान केन्द्र, ओपेरास्थल, पाहुना घर, बगैँचा, फाउन्टेन पार्कलगायत संरचना पनि बनाइने ।
      – सङ्ग्रहालय परिसरमा आकर्षक पोखरीसमेत निर्माण गरिएको ।

      ४. ल्याटिन अमेरिकी मुलुकको सबैभन्दा कान्छो राष्ट्रपतिका रूपमा निर्वाचित राजनीतिकर्मी को हुन् ?
       गेब्रियल बोरिक
      – कम्युनिस्ट नेताका रूपमा चर्चित ३५ वर्षीय विद्यार्थी नेता त्यहाँको राष्ट्रपतिमा निर्वाचित हुन सफल भएका । उनी चिलीको इतिहासमै सबैभन्दा कम उमेरको राष्ट्रपति बनेका ।
      – उनले कुल मतको ५६ प्रतिशत मत ल्याई विजयी । उनका प्रतिद्वन्द्वी जोस एन्टेनियो कास्टले ४४ प्रतिशत मत प्राप्त गरेका ।
      – विश्वविद्यालयको शिक्षा निःशुल्क हुनुपर्ने मागसहित सन् २०११÷१२ मा विद्यार्थीले गरेको आन्दोलनमा उनले अहं भूमिका निर्वाह गरेका । त्यसपछि सन् २०१३ मा भएको तल्लो सदनको निर्वाचनमा उनले स्वतन्त्र उम्मेदवार बनेर जित हासिल गरेका । त्यसैगरी सन् २०१७ मा पनि उनी सबैभन्दा धेरै मतसहित विजयी बनेका ।

      ५. भारतीय कृषकद्वारा एक वर्ष लामो आन्दोलन कहिलेदेखि रोक्ने निर्णय गरिएको छ ?
       सन् २०२१ डिसेम्बर ११
      – सरकारले तिनीहरूका मागमाथि छलफल गर्ने र उत्पादनको सही मूल्यको ग्यारेन्टी गर्ने वचन दिएपछि कृषकले प्रदर्शन रोक्ने निर्णय गरेका ।
      – सरकारले विवादास्पद कृषि सुधार कार्यक्रम त्याग्ने बताएको करिब एक सातापछि भारतीय किसानले एक वर्ष लामो सामूहिक विरोध प्रदर्शन रोकेका ।
      – राजधानी दिल्लीको सीमा क्षेत्रमा शिविरै स्थापना गरेर प्रदर्शनरत हजारौँ कृषकमध्ये दर्जनौँको गर्मी, चिसो र कोभिडका कारण निधन भएको ।
      – सन् २०२१ नोभेम्बर १९ मा प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सरकारले ती कानुन फिर्ता लिने घोषणा गरेका थिए ।

      ६. नेपालका कुन संरक्षणविद्लाई डल्फिन सेलिब्रेटी भनेर चिनिन्छ ?
       भोजराज श्रेष्ठ

      ७. सामाजिक अभियानका सन्दर्भमा आमा घर भन्नाले के बुझिन्छ ?
       जोखिममा परेका सडक बालबालिकाका लागि कर्णाली प्रदेशले सञ्चालनमा ल्याएको घर

      ८. गुरिल्ला अफ टाइम भनी केलाई बुझिन्छ ?
       फिडेल क्यास्ट्रोको जीवनीमा आधारित पुस्तक

      ९. प्रदेश १ को प्रादेशिक मूल नारा के हो ?
       स्वच्छ, सुखी र समुन्नत प्रदेश

      १०. अमेरिकामा जातीय विभेदविरुद्ध १९५०/६० को दशकमा सञ्चालित अभियानलाई के भनी चिनिन्छ ?
       सिभिल राइट्स मुभमेन्ट
      – अमेरिकामा गोरा जाति र काला जातिबीच विभेद रहेको, गोरा जातिको तुलनामा काला जातिले मौलिक अधिकार कम पाएको साथै गोरा र कालाबीच आर्थिक असमानता बढ्दै गएको भनी यसको अन्त्य गर्नका लागि सन् १९५४–१९६८ को अवधिमा सञ्चालित अभियान ।
      – यस अभियानका प्रमुख अभियन्ता मार्टिन लुथर किङ जुनियर, रोजा पाक्र्स, मालकोम एक्स, क्यासियल क्ले (मोहम्मद अली) आदि रहेका ।
      – यस आन्दोलनका क्रममा मार्टिन लुथर किङ जुनियर र माल्कम एक्सको हत्या भएको ।
      – क्यासियल क्लेले जातीय विभेदप्रति विरोध जनाउँदै क्रिश्चियन धर्म त्यागेर इस्लाम धर्मबाट दीक्षित भई आपूmलाई मोहम्मद अलीका
      रूपमा चिनाएका ।

      ११. सर्वप्रथम मदन पुरस्कार प्राप्त गर्ने (वि.सं. २०१३ मा) स्रष्टा कोको हुनुहुन्छ ?
       सत्यमोहन जोशी, चित्तरञ्जन नेपाली र
      बलराम जोशी
      – मदन पुरस्कारको स्थापना वि.सं. २०१२ मा भएको ।
      – मदन पुरस्कार प्राप्त गर्ने पहिलो उपन्यास ः मन (२०१४)
      – हालसम्म यो पुरस्कारबाट सम्मानित हुने चार महिला ः पारिजात (२०२२), झमक घिमिरे (२०६७), राधा पौडेल (२०७०), निलम कार्की निहारिका (२०७४) ।
      – सबैभन्दा धेरै पटक मदन पुरस्कार प्राप्त गर्ने व्यक्तित्व ः सत्यमोहन जोशी ।
      – सुरुमा यस पुरस्कारको राशि ः रु. चार हजार, हाल ः रु. चार लाख ।
      – मदन पुरस्कार पुस्तकालयमा रहेका पुस्तकको सूचीलाई मदन सौरभ र पत्रिकाको सूचीलाई मदन गौरव भनिने । त्यस्तै लेखकको सूचीलाई मदन पौरख भनिने ।

      १२. विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ विरुद्धको कुन खोपलाई सर्वप्रथम आपत्कालीन प्रयोग गर्न अनुमति प्रदान ग¥यो ?
       फाइजर

      १३. आ.व. २०७५/७६ मा वायु प्रदूषणको औसत मात्रा ५० माइक्रोग्राम प्रतिघनमिटर रहेकोमा १५औँ आवधिक योजनाले कतिमा झार्ने लक्ष्य लिएको छ ?
       ४० माइक्रोग्राम प्रतिघनमिटर

      १४. मानव मुटु प्रत्यारोपण गर्ने प्रथम चिकित्सक को हुन् ?
       डा. क्रिश्चियन वर्नाड (दक्षिण अफ्रिका)
      – मृत व्यक्तिको मुटु जीवित व्यक्तिमा प्रत्यारोपण गर्ने चिकित्सक कुमुद धिताल हुन् ।
      – मुटु प्रत्यारोपण प्राप्त पहिलो व्यक्ति लुई वास्कान्स्की हुन् ।
      – कृत्रिम मुटु प्राप्त पहिलो व्यक्ति वार्नी क्लार्फ हुन् ।

      १५. ‘सङ्गीत शिरोमणि’ भनी यज्ञराज शर्मालाई चिनिन्छ भने ‘वाद्य शिरोमणि’ भनी कसलाई चिनिन्छ ?
       उस्ताद गणेशलाल

      १६. मुटुबाट शरीरका विभिन्न भागमा रगत पु-याउने रक्त नलीलाई के भनिन्छ ?
       धमनी(Arteris)

      – (शरीरका विभिन्न भागबाट रगत मुटुसम्म पु-याउने रक्तनलीलाई शिरा (veins)भनिन्छ ।)

      १७. “प्राकृतिक, सांस्कृतिक र सामाजिक प्रणालीहरू, आर्थिक तथा मानवीय क्रियाकलापहरू र यिनका अवयवहरू तथा ती अवयवहरूबीचको अन्तत्र्रिmया तथा अन्तरसम्बन्धलाई वातावरण भनिन्छ” भनी कुन ऐनमा परिभाषित गरिएको छ ?
       वातावरण संरक्षण ऐन, २०५३

      १८. बेलायत सरकारद्वारा प्रदान गरिने उच्च सैनिक पदक ‘भिक्टोरिया क्रस’ पाउने पहिलो नेपाली को हुन् ?
       कुलवीर थापा (प्रथम विश्वयुद्धमा वीरता प्रदर्शन गरेका ।)

      १९. सार्कमा हालसम्म कति महिला महासचिव नियुक्त भएका छन् ?
       एक
      – (माल्दिभ्सकी फथिमाथ धियना शैयद)

      २०. नेपालमा सर्वप्रथम स्थापना भएको औद्योगिक क्षेत्र कुन हो ?
       बालाजु औद्योगिक क्षेत्र (वि.सं. २०१६)
      २१. २०१५ सालको आमनिर्वाचनमा नेपाललाई कति निर्वाचन क्षेत्रमा विभाजन गरिएको थियो ?
       १०९

      २२. भ्रष्टाचार निवारणका सम्बन्धमा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा स्थापित अड्डाको नाम के हो ?
       धर्म कचहरी

      २३. ग्रिनविच कति डिग्री देशान्तरमा पर्दछ ?
       ‘०’ डिग्री

      २४. नेपालमा धामी–झाँक्रीले गजाले हिर्काएर बजाउने बाजालाई के भनिन्छ ?
       ढ्याङ्ग्रो

      २५. ‘माधवी’ कसले लेखेको कुन विधाको रचना हो ?
       मदनमणि दीक्षितको उपन्यास

      २६. नेपालको एकीकरण अभियानमा काजी कालु पाण्डेले कहाँ वीरगति प्राप्त गरेका थिए ?
       कीर्तिपुर

      २७. भन्सार विभागद्वारा निकासी पैठारी सङ्केत नम्बर (एक्जिमकोड) अनिवार्य गर्ने व्यवस्था कहिले भएको हो ?
       वि.संं. २०७४ साउन १
      प्रस्तुतकर्ता : टङ्क केसी

       

        कमेन्टहरु