मुख्य समाचार

    स्थानीय प्रशासनले हटायो सिरहाको निषेधाज्ञा

    जगत ठाडा मगर
    २०७८ पुस १३ | मध्यान्ह ०८:०९ बजे

      सिरहा । जिल्ला प्रशासन कार्यालय सिराहाले जिल्लाको औरहीमा बिहानदेखि जारी गरेको निषेधाज्ञा साँझबाट हटाएको छ । पक्राउ परेका किसान र जनमत पार्टीका कार्यकर्ता रिहाइसँगै निषेधाज्ञा हटाइएको हो ।

      औरही गाउँपालिकाले गोदाममा राखेको गहुँको बिऊ किसानले आफैं झिकेर लगेपछि प्रहरीले त्यस घटनामा संलग्न एक किसानलाई पक्राउ गरेको थियो । किसान पक्राउको विरोधमा जनमत पार्टीका कार्यकर्ताले पूर्वपश्चिम राजमार्गमा प्रदर्शन र सवारी साधन तोडफोड गरेपछि १८ जना पक्राउ परेका थिए ।

      स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले सोमबार बिहानदेखि निषेधाज्ञाको आदेश जारी गरेको थियो । मंगलबार जिल्लाका ५ राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गर्दै पक्राउ परेका सबैलाई रिहा गर्न र निषेधाज्ञा फिर्ता लिन माग गरेका थिए ।

      ‘समस्या समाधानका निम्ति उहाँहरूको मागलाई सकारात्मक रुपमा लिँदै यो कदम चालिएको छ’ प्रमुख जिल्ला अधिकारी लालबाबु कबारीले भने ।

        कमेन्टहरु