देश

    बैतडीमा मृत फेला परेका बोहराको हत्याको आरोपमा एक जना पक्राउ

    जगत ठाडा मगर
    २०७८ पुस १३ | बिहान ०८:०९ बजे

      बैतडी । बैतडीमा प्रहरीले मृत भेटिएका कटक बोहराको हत्याको आरोपमा एक जनालाई पक्राउ गरेको छ । जिल्लाको सिगास गाउँपालिका-८ का ५५ वर्षीय बोहराको हत्यामा संलग्न रहेको आरोपमा सिगास-७ का ३० वर्षीय रमेशसिंह ऐरलाई पक्राउ गरिएको हो ।

      इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीका अनुसार गत मंसिर १३ गते राति कालपोखरी मन्दिरको जात्रा हेर्न गएका बोहरा मंसिर १४ गते मृत फेला परेका थिए । उनको शरीरमा घाउचोट देखिएकाले आफन्तले हत्याको आशंका गर्दै प्रहरीमा निवेदन दिएका थिए । निवेदनपछि अनुसन्धान थालेको प्रहरीले घटना भएको भोलिपल्टदेखि फरार रहेका ऐरलाई सोमबार साँझ पक्राउ गरेको हो ।

      प्रहरीका अनुसार ऐरले मंसिर १३ गते राति बोहरासँग विवाद भएको र सो बेला कुटपीट गरेको स्वीकार गरेका छन् । उनीमाथि अहिले थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

        कमेन्टहरु