देश

    पछिल्लो २४ घण्टामा २१९ जना कोरोना संक्रमित थपिए, दुई जनाको मृत्यु

    जगत ठाडा मगर
    २०७८ पुस ११ | मध्यान्ह ०३:०९ बजे

      काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २१९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । एन्टिजेन र पीसीआर विधिबाट गरिएको ९ हजार ६७७ जनाको परीक्षणमा २१९ जनामा संक्रमण पुष्टि भएको हो ।

      यस्तै आज २८३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै हाल सक्रिय संक्रमितको संख्या ४९०६ कायम भएको छ । पछिल्ला २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

      हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५८५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

        कमेन्टहरु