अर्थ

    सुनचाँदीको मूल्य स्थिर

    जगत ठाडा मगर
    २०७८ पुस ११ | बिहान ११:०९ बजे

      काठमाडौ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ कायम भएकोमा आज पनि स्थिर रहेर सोही मूल्य कायम भएको हो ।

      आइतबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ८२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको छ ।

      त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७९ हजार ३९० रुपैयाँ कायम भएको महसंघले जनाएको छ । आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको छ । गत शुक्रबार पनिचाँदीको सोही मूल्य नै कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ८० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

        कमेन्टहरु