देश

    जाजरकोटमा काठले च्यापिएर एक युवाको मृत्यु

    जगत ठाडा मगर
    २०७८ पुस ११ | बिहान ११:०९ बजे

      जाजरकोट, पुस ११ गते । जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकामा काठले च्यापिएर एक युवाको मृत्यु भएको छ ।

      बारेकोट गाउँपालिका १ धौलाकोटका ३६ वर्षीय कृष्णबहादुर खड्काको काठले च्यापिएर मृत्यु भएको स्थानीय रमेश घर्तीले जानकारी दिनुभएको छ । खड्काको घर वनाउनको लागि जङ्गलमा रुख काट्ने क्रममा वडा नं ९ सक्लामा च्यापिएर मृत्यु भएको घर्तीले बताउनुभयो ।

      बारेकोट गाउँपालिका वडानं ९ का वडाअध्यक्ष शसीराम गौतमले काठ काट्ने क्रममा आज विहान रुखले च्यापिएका युवाको घनास्थलमै मत्यु भएको बताउनुभयो ।

        कमेन्टहरु