मौसम

    नेपालमा आजको मौसम कस्तो रहला ?

    जगत ठाडा मगर
    २०७८ पुस ९ | बिहान ०७:०९ बजे

      काठमाडौ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाए अनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रहेको र बाँकी स्थानमा मौसम सफा रहको छ ।

      शुक्रबार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने मौसम विभागले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहको पूर्वानुमान महाशाखाले जनाएको छ ।

      हाल कर्णाली प्रदेशका सामान्य बदली रहेको छ भने प्रदेश १, २ र लुम्बिनी प्रदेशको तराई भू–भागका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ ।

      देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकोविभागद्वारा जारी सूचनामा उल्लेख छ ।

        कमेन्टहरु