देश

    प्रहरी नियन्त्रणबाट ३ घण्टापछि छुटे कांग्रेसका वरिष्ठ नेता पौडेल

    जगत ठाडा मगर
    २०७७ मंसिर १७ | मध्यान्ह १०:०८ बजे

      नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले ३ घण्टापछि छाडेको छ ।

      ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा निषेधाज्ञा तोडेको आरोपमा आज उनी पक्राउ परेका थिए । प्रहरीले पौडेलसहित प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायतलाई पक्राउ गरेको थियो ।

      जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अरुण पौडेलका अनुसार उनीहरु सबैलाई जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरवण वाग्लेको रोहबरमा रिहा गरिएको छ ।

       

        कमेन्टहरु