राजनीति

    कांग्रेस अधिवेशन : प्रदेश २ मा देउवा र निधि पक्षीय कार्यकर्ताबीच झडप, मतदान स्थगित (भिडियो सहित)

    जगत ठाडा मगर
    २०७८ पुस ७ | मध्यान्ह ०७:०९ बजे

      जनकपुरधाम, ०७ मंसिर । नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशनका क्रममा बुधबार कार्यकर्ताहरूबीच मुक्का हानहान भएको छ ।

      बुधबार साँझ मतदानस्थल गोपाल धर्मशालामा सभापतिका उम्मेदवार कृष्ण यादव र रामसरोज यादव पक्षबीच मुक्का हानाहान भएको हो ।

      जनकपुरधाममा भइरहेको अधिवेशनमा संस्थापन पक्षका उम्मेदवार रामकृष्ण यादवले आज नै मतदान गर्नुपर्ने र विमलेन्द्र निधि पक्षका उम्मेदवार रामसरोज यादवले भोलीका लागि निर्वाचन सार्नुपर्ने भनेपछि विवाद भएको हो ।

      स्रोतका अनुसार मुक्का हानाहानबाट कांग्रेसका केही कार्यकर्ता घाइते समेत भएका छन् । यसअघि अधिवेशनको मंसिर १६ गते नै उद्घाटन भएपनि सर्लाहीसहित केही जिल्लाबाट प्रतिनिधि छनोट नभएकाले निर्वाचन कार्यक्रम स्थगित भएको थियो।

        कमेन्टहरु