मौसम

    रुपन्देही लगायत तराईका जिल्लामा एक्कासी चिसो बढेपछि, जनजीबन प्रभाबित

    जगत ठाडा मगर
    २०७८ पुस ५ | बिहान १०:०९ बजे

      सुरज नेपाली
      बुटवल । रुपन्देही लगायत तराईका जिल्लामा चिसो एक्कासी बढेपछि जनजीवन प्रभावित भएको छ । आइतबारदेखि नै तराईका जिल्लाहरुमा हुस्सु र चिसो बतास लाग्न थालेपछि जनजीवन प्रभावित बनेको हो ।

      चिसो बढेसँगै सडक तथा बजारमा मानिसहरुको साँझ बिहानको समय आवागमनमा कमी आएको छ । पहाडका जिल्लाहरुमा भने साझ बिहानको समयमा चिसो बढे पनि दिउसो घाम लाग्दा राहत मिलेको छ । हरेक दिन विहानको समयमा पैदलयात्रीहरुको भिड हुने बुटवलका सडकहरु आज विहान सुनसान देखिए ।

      सडकमा गुड्ने दुई पाँग्रे सवारीका साधन विहानको समयमा अन्य दिनको तुलनामा कम गुडेका छन् ।

        कमेन्टहरु