देश

    मुगुमा संरक्षित पंक्षी डाँफेसहित एकजना पक्राउ

    जगत ठाडा मगर
    २०७८ पुस ४ | मध्यान्ह ०२:०९ बजे

      मुगु । मुगुमा संरक्षित पंक्षी डाँफेसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । छायानाथ रारा नगरपालिका–३ का २० वर्षीय ध्रुवराज रोकायालाई प्रहरीले डाँफेसहित पक्राउ गरेको हो ।

      उनको साथबाट करिब दुई केजी तौल भएको पोथी डाँफे फेला परेको हो । रोकायाले उक्त पंक्षी फूली गाउँको पाँपे भन्ने जंगलमा मृत अवस्थामा फेला पारेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले रोकायालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए ।

      डिभिजन वन कार्यालय मुगुका अनुसार उनलाई वन ऐन २०२९ अनुसार कार्वाही हुनेछ । पशुपंक्षी चोरी शिकारी गर्ने व्यक्तिलाई तीनदेखि नौ महिनासम्म र १५ देखि २५ हजार नगदसहित दुवै सजाय हुने वन अधिकृत भरत बुढाथापाले बताए ।

        कमेन्टहरु