देश

    तराईमा चिसो बढेसँगै जनजीवन प्रभावित

    जगत ठाडा मगर
    २०७८ पुस ४ | बिहान १०:०९ बजे

      बुटवल । अचानक बढेको चिसोका कारण तराईका धनुषासहित प्रदेशको विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।

      अत्यधिक चिसोका कारण बालबालिका र वृद्धा बढी प्रभावित भएका छन् । चिसो बढ्न थालेपछि बजारमा न्यानो लुगाको बिक्री बढेको छ । सर्वसाधारण जाडो छल्न घुर बालेर आगो ताप्न थालेका छन् ।

      चिकित्सकले चिसो बढ्दै जाँदा बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिको विशेष ख्याल गर्न आग्रह गरेका छन् । वर्षेनी चिसोका कारण कठ्याङ्ग्रिएर सर्वसाधारणको मृत्यु हुने गरेको छ ।

      चिसो बढ्न थालेपछि रुघाखोकी, ज्वरो, झाडापालाका बिरामी बढ्नसक्ने भएकाले स्वास्थ्य सर्तकता अपनाउन चिकित्सकको सुझाव छ ।

        कमेन्टहरु