देश

    धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ

    जगत ठाडा मगर
    २०७८ पुस ४ | बिहान १०:०९ बजे

      धनगढी । कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ गरेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालीका-८ का १८ वर्षीय शैलेस चौधरी र सोही ठाउँका २४ वर्षीय संदिप श्रीवास्तब रहेका छन्।

      जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटीएको टोलीले धनगढी उपमहानगरपालीका–२ मिलन चोकबाट दुई जनालाई पक्राउ गरेको हो।

      उनीहरूको साथबाट ४ ग्राम ५०० मिलीग्राम खैरो हिरोईन (ब्राउन सुगर) फेला परेको र उनीहरूलाई माथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

        कमेन्टहरु