देश

    प्रधानमन्त्री ओली पनि टिकटकमा, एकैदिनमा भाइरल ! (भिडियाेसहित)

    जगत ठाडा मगर
    २०७७ मंसिर १५ | मध्यान्ह ०२:०८ बजे

      काठमाडौं, १५ मंसिर । सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ओलीले पनि टिकटक एकाउन्ट खोल्नुभएको छ ।

      उहाँले आइतबार ‘केपी शर्मा ओली अफिसियल’ नामक टिकटक एकाउन्ट खोल्नुभएको हो । उहाँको एकाउन्ट भेरिफाइड समेत भइसकेको छ ।

      ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रविधि विज्ञहरुसँग अकाउन्ट बनाउनेबारे छलफल भएको बताउनुभयाे । ‘टिकटकमा पनि एकाउन्ट खोल्ने कुरा भएको थियो, तर यसबारेमा मलाई विस्तृत जानकारी भएन, प्राविधिक सल्लाहकारहरुलाई थाहा हुनुपर्छ,’ थापाले भन्नुभयाे ।

      प्रम ओलीको टिकटक एकाउन्टमा अहिले एउटा मात्रै भिडियो हालिएको छ । याे समाचार तयार पारिसक्दासम्म उक्त भिडियोको भ्युज १ लाख ४५ हजार बढी पुगिसकेको छ । २ सय ३९ कमेन्ट, र १२ सय बढी लाइक र २ सय बढी सेयर पुगिसकेको छ ।

      ‘मालपोत, विद्युत् महसुल, भन्सार महसुल, आन्तरिक राजश्‍व, सवारी चालक अनुपति पत्र र नवीकरण जस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका सेवालाई एकीकृत सेवामा जोड्ने प्रक्रिया सुरु भएको छ । सरकारले राष्ट्रिय परिचयपत्रलाई सेवा प्रवाहको मूख्य आधार बनाउने गरी काम अघि बढाएको छ’, पहिलो टिकटक भिडियो सन्देशमा भनिएको छ।

       

        कमेन्टहरु