देश

    काठमाडौमा जिउँदो सालकसहित एक जना पक्राउ

    जगत ठाडा मगर
    २०७८ पुस २ | मध्यान्ह ०७:०९ बजे

      काठमाडौ । काठमाण्डौमा दुर्लभ जिउँदो बन्यजन्तु सालकसहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा
      दोलखा कालिन्चोक गाउँपालिका – ६ लिफ्टुङका बर्ष २६ का उद्धव थामी रहेका छन ।

      उनलाई काठमाण्डौ का.म.न.पा. वडा न ३२ मरुछासपाखा एरियामा प्रतिबन्धित दुर्लभ जिउँदो सालक अबैध रुपमा बिक्रि वितरण गर्नको लागी लुकाई छिपाई ल्याई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा बिहिवार पक्राउ गरेको हो ।

      प्रहरीले उनलाई काठमाण्डौ महानगरपालिका वडा नं. ३२ मरुछासपाखास्थित आफ्नै डेराकोठाबाट ३ के.जि. तौल भएको खैरो रङको प्रतिबन्धित दुर्लभ जिउँदो सालकसहित पक्राउ गरिएको हो ।

      पक्राउपछि प्रहरीसंगको बयानमा उक्त सालक रु.१,१०००,०००।-(एक करोड दश लाख) मा बिक्रि वितरण गर्ने उदेश्यले लिई आएको बताएका छन । उनलाई प्रतिबन्धित सालक सहित महानगरीय अपराध महाशाखाबाट खटी गएको बिशेष अनुसन्धान टोलीले पक्राउ गरि आवश्यक कारबाहीको लागी शुक्रबार जिल्ला बन कार्यालय, हात्तिसार, काठमाण्डौ पठाईएको छ ।

        कमेन्टहरु