राजनीति

    उपसभापतिमा दुई मतले हारेपछि गच्छदारले निर्वाचन समिति गुहार्यो

    जगत ठाडा मगर
    २०७८ पुस १ | बिहान ०८:०९ बजे

      काठमाडौ । नेपाली काँग्रेसको उपसभापतिमा दुई मतले हारेका विजयकुमार गच्छदारले निर्वाचन समिति गुहारेका छन् ।

      बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार सभापति शेरबहादुर देउवा समूहका गच्छदार शेखर कोइराला प्यानलका धनराज गुरुङसँग दुई मतले पराजित भएका थिए । गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत पाएका थिए ।

      गच्छदारले मतपरिणाममा असहमति जनाउँदै पुनः गणनाको माग गर्दै निवेदन दिएका हुन् । महामन्त्रीकाे दुई सिट छ । पूर्णबहादुर खड्का पनि विजयी भएका छन् ।

        कमेन्टहरु