देश

    बुटवलमा लागुऔषधसहित दुई जना पक्राउ

    जगत ठाडा मगर
    २०७८ मंसिर २९ | बिहान १०:०८ बजे

      बुटवल । रुपन्देहीमा प्रहरीले लागु औषध सहित दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवदह नगरपालिका वार्ड २ का २५ वर्षीय दूधनाथ यादव र नवलपरासी पाल्हिनन्दन गाउँपालिका–२ का २६ वर्षीय धनेश यादव रहेका छन ।

      उनिहरुलाई भारतीय नम्बर प्लेट यूपी ५३ जेट ३५९७ नम्बरको मोटरसाइकलमा सवार गरिरहदा शंका लागि खानतलासी गर्ने क्रममा साथबाट फेनेरागन ५५ सीसी, नोफिन ५५ सीसी र डाइजेपाम ५५ सीसी लागुऔषधसहित पक्राउ गरिएको जनाएको छ ।

      प्रहरीले थप अनुसन्धानको लागि कानुनी प्रक्रिया सुरु गरेको प्रहरी प्रवक्ता नवरत्न पौडेलले बताए ।

        कमेन्टहरु