देश

    काँग्रेस महाधिवेशन : दोस्रो चरणको मतदानका लागि प्रतिनिधिहरु लाइनमा

    जगत ठाडा मगर
    २०७८ मंसिर २८ | मध्यान्ह ०३:०८ बजे

      काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि दोस्रो चरणको मतदान दिउँसो साढे ३ बजे शुरु हुँदैछ ।

      मतदानका लागि कांग्रेसका महाधिवेशन प्रतिनिधिहरु मतदानस्थल राष्ट्रियसभा गृह बाहिर लाइन बस्न थालेका छन् । राष्ट्रियसभा गृह बाहिर कांग्रेस नेता कार्यकर्ताको ठूलो भीड लागेको छ । नेपाल ल क्याम्पस अगाडिबाट प्रहरीले महाधिवेशन प्रतिनिधिहरुलाई मात्र भित्र प्रवेश दिएका छन् ।

      पहिलो चरणको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुन: दोस्रो चरणको मतदान हुन लागेको हो । दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ ।

        कमेन्टहरु