देश

    निधिलाई भेट्न उनकै निवासमा पुगे देउवा

    जगत ठाडा मगर
    २०७८ मंसिर २८ | बिहान ११:०८ बजे

      काठमाडौं । काँग्रेसका सभापतिका उम्मेदवार शेरबहादुर देउवा मंगलबार विमलेन्द्र निधिलाई भेट्न उनको निवासमा पुगेका छन् ।

      सभापतिको रेसबाट बाहिरिएका निधिलाई भेटेर देउवाले दोस्रो चरणको निर्वाचनमा आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । यसअघि देउवाले सभापति पदकै रेसबाट बाहिरिएका अर्का नेता प्रकाशमान सिंहलाई भेटेका थिए । प्रकाशनमान सिंहले देउवासँगको भेटघाटपछि दोस्रो चरणको निर्वाचनमा आफुले देउवालाई नै समर्थन घोषणा गरेका छन् ।

      निधिले सभापति पदमा उम्मेदवारी दिएपछि निधिसँग दुरी बढाएका देउवाले निधि पहिलो चरणबाट बाहिरिएपछि भने सहयोग माग्न उनकै निवास पुगेका हुन् । पहिलो चरणको निर्वाचनमा निधिले २५० मत प्राप्त गरेका थिए ।

        कमेन्टहरु