देश

    दोस्रो चरणको निर्वाचनमा प्रकाशमानले देउवालाई समर्थन गर्ने

    जगत ठाडा मगर
    २०७८ मंसिर २८ | बिहान ११:०८ बजे

      काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सभापतिका लागि दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । देउवासँगको भेटवार्तापछि सिंहले देउवालाई नै समर्थन गर्ने जानकारी दिएका हुन् ।

      पहिलो चरणमा काँग्रेस सभापतिमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएका हो । आफूहरुले नेतृत्व परिवर्तनको कुरा उठाए पनि पहिलो चरणको निर्वाचनमा अधिकांश प्रतिनिधिको मत देउवालाई नै दोहोर्‍याउनुपर्ने देखिएको सिंहको भनाइ छ ।

      उनले भने ‘हामीसँग कुरा गर्दा वहाँले विधान संशोधनको कुरा पार्टीमा भइरहेको कमी कमजोरीलाई समाधान गर्दा सबैसँग सल्लाह गर्छु एकपटक मलाई सहयोग गर्नुहोस् भनेर भन्नुभयो ।’

        कमेन्टहरु