देश

    देउवाले ल्याउन सकेनन् बहुमत, सभापतिका लागि दोस्रो चरणको मतदान हुने

    जगत ठाडा मगर
    २०७८ मंसिर २८ | बिहान ०९:०८ बजे

      काठमाडौं । कांग्रेस सभापतिका लागि भएको मतदानमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि मतदान दोस्रो चरणमा जाने पुगेको छ ।

      कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । जम्मा ४५७९ मत गणना हुँदा सभापतिका उमेदवार शेरबहादुर देउवाले २२५८ मत प्राप्त गर्दा शेखर कोइरालाले भने १७२९ मत प्राप्त गरेका छन् ।

      त्यसैगरी प्रकाशमान सिंहले ३६०, विमलेन्द्र निधिले २३९ र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन् । अब कुनै पनि उम्मेदवारलाई विजयी हुन २३४० मत ल्याउनु पर्नेछ ।

        कमेन्टहरु