देश

    पत्रकारले गरे क्यामरा डाउन

    जगत ठाडा मगर
    २०७८ मंसिर २७ | मध्यान्ह ०९:०८ बजे

      बबिता मण्डल
      काठमाडौ । देशको असहज परिस्थितिको सामना पत्रकारिता क्षेत्रको लागि एउटा चुनौती पक्कै पनि हो । जब जब नेपाली जनताको अधिकार हनन भए त्यतिबेला नेपाली पत्रकारिताले आफ्नो कलमको माध्यमबाट प्रजातन्त्र जोगाउन खेलेको भूमिकालाई हामी नकार्न सक्दैनौं ।

      राष्ट्रको चौथो अंगलाई लोकतन्त्रमा प्रतिबंध लगाउनु मौलिक हकमाथिको प्रहार भयो भनेर बुझ्दा खासै फरक नपर्ला । विडम्बना पूर्वक भन्नुपर्दा काठमाण्डौस्थित भृकुटी मण्डपमा जारी कांग्रेसको मतदान स्थलमा रिपोर्टिङका क्रममा पुगेका पत्रकारहरुलाई प्रहरीको बल प्रयोगद्वारा तस्बिर र रिपोर्टिङ गर्न प्रतिबंध लगाएर गेटबाहिर निकाल्न खोजेपछि त्यहाँ गएका सबै पत्रकारहरुले क्यामरा डाउन गरेका थिए ।

        कमेन्टहरु