देश

    भरतपुरमा एम्बुलेन्सको ठक्करबाट पैदल यात्रुको मृत्यु

    जगत ठाडा मगर
    २०७८ मंसिर २७ | बिहान ०८:०८ बजे

      काठमाण्डौ । भरतपुरमा एम्बुलेन्सको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ ।

      भरतपुर महानगरपालिका–१५ मा आइतबार बेलुका ६ : ४५ बजेतिर से १ च ५८८ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा अन्दाजी ३५ वर्षका पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ ।

      प्रहरीकाअनुसार ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुरको कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचारका क्रममा गएराति साढे ८ बजेतिर मृत्यु भएको हो ।

      मृतकको परिचय भने खुलेको छैन । एम्बुलेन्सका चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

        कमेन्टहरु