देश

    लमजुङमा भूकम्पको धक्का

    जगत ठाडा मगर
    २०७८ मंसिर २७ | बिहान ०७:०८ बजे

      काठमाडौं । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ ।

      राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार बिहान ४ बजेर ३६ मिनेट जाँदा लमजुङको मर्स्याङ्दी गाउँपालिका – ६ बाहुनडाँडा आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ६ म्याग्नेच्युटको भूकम्प गएको हो ।

      उक्त पराकम्प १२ वैशाख २०७२ कै रहेको केन्द्रले जनाएको छ । भूकम्प जाँदा सदरमुकाम बेसीसहरसहित मर्स्याङ्दी गाउँपालिका र हिमाली जिल्ला मनाङ आसपासका जिल्लामासमेत धक्का महसुस भएको थियो ।

        कमेन्टहरु