राजनीति

    उद्योगपति विनोद चौधरीद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

    जगत ठाडा मगर
    २०७८ मंसिर २५ | मध्यान्ह ०५:०८ बजे

      काठमाडौं । उद्योगपति एवं नेपाली कांग्रेसका नेता विनोद चौधरीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

      आज दिउँसो काठमाडौंको राष्ट्रिय सभागृहमा १४औँ महाधिवेशनका लागि स्थापित कांग्रेस केन्द्रीय निर्वाचन समितिको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । चौधरीले मधेसी क्लस्टरको खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

      उनी नवलपुर–१ बाट मधेसी कोटामा निर्विरोध महाधिवेशन प्रतिनिधि चयन भएका थिए । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत आज बिहान १० देखि बेलुका ५ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ ।

        कमेन्टहरु