देश

    पश्चिम नवलपरासीमा तस्करी मौलाउदै, प्रशासन बेखबर

    जगत ठाडा मगर
    २०७८ मंसिर २५ | मध्यान्ह ०१:०८ बजे

      रामजी प्रजापति
      नवलपरासी । पश्चिम नवलपरासीको दक्षिणी सिमा नाका हुदै तस्करी हुने गरेकाे छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे मिलेमतोमा तस्कर भैईरहेको छ ।

      पटक पटक तस्करीको समाचार मिडियामा प्रकाशन हुंदा पनि नवलपरासीका प्रहरी तथा प्रशासनलाई केही प्रभाव परेको छैन । विभिन्न संचारमाध्याम मार्फत नागरिक समक्ष पुर्याउन बाध्य छ ।

      photo 2021 12 11 00 10 54

      पश्चिम नवलपरासीको गेरमा, रगरगंज, पडरी, हरपुर, मुडेरा, बसहिया लगायतका नाकाहरु प्रयाेग गर्दै भारतबाट चिनी, हार्डवेयर, टायल, जिउंदाे खसी, माछा, कुखुरा तस्करहरुले सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग मिलिजुली तस्करी गर्दै आएकाे स्थानीयकाे भनाई छ ।

      photo 2021 12 11 00 11 02

      स्थानीयवासीहरु रुटमा खटेका प्रहरीहरुकाे सेटिङमा तस्करी हुने गरेकाे र महिनाकाे लाईन खाने गरेकाे बताउँछन् । सशस्त्र प्रहरी पाेष्ट गेरमाका ईन्चार्ज, रगरगंज सशस्त्र प्रहरी पाेष्टका ईन्चार्ज, हरपुर सशस्त्र प्रहरी पाेष्टका ईन्चार्जहरुकाे मिलेमताेमा तस्करी भईरहेकाे आराेप छ । किनकी प्रशासनलाई खबर गर्दा पनि कुनै एक्सन नलिने गरेकाे स्थानीयवासीको भनाई छ ।

      तस्करले जोकवारको बाटो हुँदै पाल्हि क्याम्पस अगाडिको दोबाटो, बैरिहवा र जितपुरको बाटो भएर तस्करीहरु जितपुर ४ मा ल्यायर दुर्गा मन्दिर पछाडि अड्डा नै बनाएका छन ।

        कमेन्टहरु